Logo २६ फाल्गुन २०८२, मंगलबार | Tue Mar 10 2026


गढीमाई नगरपालिकाका तीनजना कर्मचारी सेवाबाट बर्खास्त


0
Shares

रौतहट, चैत ३० । रौतहटको गढीमाई नगरपालिकाले तीन जना कर्मचारीलाई सेवाबाट बर्खास्त गरेको छ ।

राहत वितरणको बिषयमा जनमानसमा भ्रम सृजना गरेको भन्दै स्वास्थ्य चौकीका अहेव सुनीलकुमार यादव, कार्यालय सहयोगी रौशनकुमार कलवार र ६ नम्बर वडा कार्यालयका कार्यालय सहयोगी दिलिप साहलाई बर्खास्त गरेको जनाएको छ ।

स्थानीय बज्र यादव र मोहन पण्डितलाई समेत कारबाहीको माग गरिएको छ । उनीहरु सबैलाई करारमा राखिएको थियो ।

पदिय दायित्व विपरित उनीहरुले राहतको सम्बन्धमा श्रब्यदृष्य बनाई सामाजिक संजालमा पोस्ट गरेर मानिसहरुमा भ्रम सृजना गरेकाले बर्खास्त गरिएको नगरपालिकाका निमित प्रमुख प्रशासकिय अधिकृत श्यामप्रसाद यादवले बताए ।