१० जेष्ठ २०८२, शनिबार | Sat May 24 2025


सिरहाको धनगढीमाई नगरपालिकामा मेयरमा एमाले र उपमेयरमा कांग्रेस विजयी


91
Shares

काठमाडौं । सिरहाको धनगढीमाई नगरपालिकाको मेयरमा नेकपा एमालेका शिवशंकर महतो र उपमेयरमा नेपाली कांग्रेसकी संगीता कुमारी चौधरी विजयी भएका छन् ।

धनगढीमाई नगरपालिकामा मेयरमा नेकपा एमालेका शिवशंकर महतोले ७ हजार ५६ मत प्राप्त गरेर विजयी हुनुभएकाे हाे। उहाँका निकटतम प्रतिस्पर्धी रामचन्द्र यादव ६ हजार ९ सय १ मत प्राप्त गरेर पराजित हुनुभएकाे छ।

साेही नगरपालिकाकाे उपमेयरमा नेपाली कांग्रेसकी संगीता कुमारी चौधरी ६ हजार ६ सय १३ मत प्राप्त गरेर विजयी हुनुभएको छ। उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी शोभा कुमारी बरालले ६ हजार ३ सय ७८ मत प्राप्त गरेर पराजित हुनुभएकाे हाे।