Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


झापाबाट ३० तोला सुनसहित एक जना पक्राउ


390
Shares

झापा । झापाको काँकरभिट्टाबाट एक जनालाई ३० तोला सुनसहित प्रहरीले पक्राउ गरेको छ ।

मेची नगरपालिका– ६ पुरानो मेचीपुल नजिक ३० तोला सुनसहित कैलाली घर भई हाल दमक नगरपालिका–२ मा बसोबास गर्दै आएका ३३ वर्षीय धिरेन्द्र जैसीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता बसन्त पाठकले जानकारी दिनुभएकाे हाे । इलाका प्रहरी कार्यालय काँकडभिट्टाको टोलीले सुनसहित भारतबाट नेपाल आउदै गरेका जैसीलाई पक्राउ गरिएको हो ।

साे सुनको बजार मूल्य २८ लाख ८७ हजार १ सय ८२ रुपैयाँ पर्ने प्रहरीले जनाएको छ ।