२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


स्याङ्जामा ११ पालिका मध्ये अहिलेसम्म ८ वटाको नतिजा आयो


0
Shares

स्याङजा । स्याङजामा गाउँ र नगरपालिका गरी ११ वटा स्थानीय तह रहेकामा ८ वटाको परिणाम आएको छ ।

मत गणना सकिएका ८ वटा मध्येमा हरिनास, कालिगण्डकी, आधिखोला,विरुवा,फेदीखोला गाउँपालिका गरि पाँच पालिकामा नेकपा एमालेले जित हासिल गरिसको छ ।

यस्तै अर्जुनचौपारी गाउँपालिका भिरकोट नगरपालिका र गल्याङ् नगरपालिकामा नेपाली कांग्रेसले जित हासिल गरेको छ । यसैगरी मतगणना जारी रहेका ३ वटा स्थानीय तहमध्ये चापाकोट र पुतलीबजारमा कांग्रेसको अग्रता कायमै छ भने वालिङमा एमालेको अग्रता रहेको छ ।