Logo २१ असार २०८३, आइतबार | Mon Jul 6 2026


ओली र मोदीबीच टेलिफोन संवाद


0
Shares

काठमाडौं, चैत २८ । प्रधानमन्त्री केपी शर्माले र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शुक्रबार टेलिफोन संवाद गरेका छन् ।

प्रधानमन्त्री ओलीले ट्वीट गर्दै कोरोनाभाइरसविरुद्धको सहकार्यलाई अझ सशक्त बनाउने विषयमा दुवै देशका प्रधानमन्त्रीबीच कुराकानी भएको जानकारी दिए ।

टेलिफोन संवादमा अत्यावश्वक वस्तुको आपूर्ति व्यवस्थालाई निरन्तरता दिन र थप सहज बनाउने विषयमा पनि दुवै नेताबीच कुराकानी भएको प्रधानमन्त्री ओलीले जानकारी दिए ।

यस्तै, ‘लकडाउन’का कारण एक–अर्को मुलुकमा रोकिएका नागरिकलाई आ–आफ्नो देशमा राम्रो हेरचाह गर्ने विषयमा समेत जोड दिएको प्रधानमन्त्री ओलीले ट्वीटमार्फत् जानकारी गराएका छन् ।