Logo २१ असार २०८३, आइतबार | Mon Jul 6 2026


राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीले गरे बेलायती प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना


0
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायतका प्रधानमन्त्री बोरिस जोनसनको शीघ्र स्वास्थ्य लाभको कामना गरेकी छिन् ।

राष्ट्रपति भण्डारीले बेलायतकी महारानीलाई एक सन्देश पठाई कोरोना भाइरसको उपचार गराइरहेका बेलायती प्रधानमन्त्री जोनसनको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी हुन् ।

सन्देशमा राष्ट्रपति भण्डारीले बेलायतमा रहने समस्त नेपालीहरुको संरक्षण हुने विश्वास पनि व्यक्त गरेकी छिन् ।

त्यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले पनि अलग्गै सन्देश पठाई प्रधानमन्त्री जोन्सनको स्वास्थ्यलाभको कामना गरेका छन् ।

उनले कोरोनाविरुद्धको लडाइँमा बेलायतको नेतृत्व गर्न प्रधानमन्त्री जोनसन सक्षम हुने विश्वास पनि व्यक्त गरेका छन् ।

गत बिहीबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बेलायतका परराष्ट्र राज्यमन्त्री लर्ड अहमदसँग टेलिफोन संवाद गरी दुवै देशमा रहेका आफ्ना नागरिकको सुरक्षा र बेलायती नागरिक फिर्ता लैजानेबारे कुराकानी भएको थियो ।

परराष्ट्रमन्त्री ज्ञवालीले नेपालमा बिदामा रहेका भूतपूर्व गोर्खा र तिनका परिवारको सुरक्षाकाबारेमा पनि कुराकानी गरेको लण्डनस्थित नेपाली दूतावासले जनाएको छ ।