
एजेन्सी । कोरोना भाइरसको संक्रमणका कारण विश्व बजारमा तेलको माग कम भएपछि उत्पादन कटौती हुने भएको छ ।
कोरोना भाइरसको महामारीका कारण विश्वभर भएको लकडाउनले मागमा गिरावट आएको भन्दै तेल उत्पादन कम गर्न कच्चा तेल उत्पादकहरु सहमत भएका हुन् ।
यो समूहले मे र जुन महिनामा उत्पादन लागतमा १० करोड ब्यारेल कटौती गर्ने जनाएको छ । यो कटौतीको असर २०२२ अप्रिलसम्म रहने बताइएको छ ।
तेल उत्पादक समूह र यसका सहयोगीहरुले एकै दिन १० करोड व्यारेल वा विश्वव्यापी आपूर्तिको १० प्रतिशत उत्पादन कटौती गर्न सहमत भएको समाचारमा जनाइएको छ ।
यसले जुलाई र डिसेम्बरमा ८ लाख ब्यारेल तेल कटौती हुने अनुमान गरिएको छ । यता अमेरिकाले भने तेल उत्पादन कटौती नगर्न आग्रह गरेको छ ।
उत्पादक कम्पनीहरुको निर्णप्रति असहमति जनाउँदै अमेरिकाले तेल उत्पादन बन्द गरे साउदी अरेबियामाथि प्रतिबन्ध लगाउने चेतावनी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्