Logo ९ कार्तिक २०८३, सोमबार | Tue Oct 27 2026


जिपी फाउन्डेशनका तर्फबाट अष्ट्रेलियामा रहेका नेपालीहरुलाई सहयोग गरौं: सुजाता कोइराला


0
Shares

काठमाडौं । गिरिजाप्रसाद कोइराला फाउण्डेशन(जिपी फाउन्डेसन)की केन्द्रिय अध्यक्ष सुजाता कोइरालाले अष्ट्रेलियामा रहेका नेपालीहरुको बस्तुस्थिति बुझी सहयोग गर्न अष्ट्रेलियास्थित फाउण्डेशनको शाखालाई निर्देशन दिएकी छन् ।

अष्ट्रेलिया सरकारले कडाई गरेपछि हजारौं नेपाली विद्यार्थीको बिचल्ली भइरहेको खबर आइरहेको बेला पूर्व परराष्ट् मन्त्री समेत रहेकी कोइरालाले यस्तो निर्देशन दिएकी हुन् ।

फाउण्डेशनको सचिवालयले विहीबार एक प्रेस नोट जारी गरी कोइरालाले जिपी फाउण्डेशन अष्ट्रेलियाका अध्यक्ष नील थपलिया र ओसियानाका अध्यक्ष रमेश छत्कुलीलाई टेलिफोन गरी कोरोना भाइरस फैलिरहेकाले आपतविपत् परेका नेपालीहरुलाई फाउण्डेशनका तर्फबाट सक्दो सहयोग गर्न भन्नु भएको जानकारी गराएको छ ।

‘कोरोना फैलिरहेको छ, त्यहाँ नेपालीहरु धेरै छन, कोरोनाकै कारण कसैलाई समस्या पर्‍यो भने जिपी कोइराला फाउण्डेशनको तर्फबाट सहयोग गर्नुहोला’ अध्यक्ष कोइरलाले फाउण्डेसनको सहयोगले नेपालीहरु कोही समस्यामा नपर्ने विश्वाससहित शाखालाई निर्देशन दिएको प्रेस नोटमा उल्लेख छ ।

फाउण्डेशन अष्ट्रेलियाका अध्यक्ष थपलियाले अष्ट्रेलियामा रहेका नेपालीहरुलाई सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएको फाउण्डेशनले जनाएको छ ।

फाउण्डेशन ओशियानाका अध्यक्ष छत्कुलीले पनि समस्यामा परेका नेपालीलाई सहयोग गर्ने पहल भइरहेको जानकारी गराए ।

‘समस्यामा परेका नेपालीले हामीलाई सम्पर्क गर्नासाथ सहयोग गर्ने’छत्कुली बताएको फाउण्डेशनले जानकारी दिएको छ ।

Skip This