Logo १७ असार २०८३, बुधबार | Wed Jul 1 2026


हजारौंको भीड गरेर चैतली मेला संचालन गर्ने नौ जना पक्राउ


0
Shares

बझाङ । छविस पाथिभेरा गाँउपालिकाको बान्नीमा लकडाउनको समयमा चैतली मेला संचालन गरेको आरोपमा नौ जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा स्थानीय जनप्रतिनिधि, मन्दिरका पूजारी र मन्दिर संरक्षण समितिका पदाधिकारी रहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक नेत्र बहादुर बोहराले जानकारी दिए ।

स्थानीय प्रशासनले अहिलको विषम परिस्थितिमा मेला सञ्चालन गर्नुपूर्व सचेत गराएको थियो ।

तर गत सोमबार सम्पन्न मेलामा हजारौंको सहभागिता थियो । चैतली मेला हरेक वर्ष चैत्र शुक्ल त्रयोदशीका दिन लाग्ने गर्छ ।