Logo १७ असार २०८३, बुधबार | Wed Jul 1 2026


कोरोना संक्रमणका कारण लण्डनमा एक भूतपूर्व गोरखा सैनिकको निधन


0
Shares

काठमाडौं। कोरोना भाइरसको संक्रमणका कारण लण्डनमा अर्का एक भूतपूर्व गोरखा सैनिकको निधन भएको छ

पर्वत पैँयु घर भई हाल लण्डनको अल्पर्टनमा बस्दै आएका चेतप्रसाद गुरुङको मंगलबार लण्डनको नर्थविक पार्क अस्पतालमा निधन भएको हो । ५९ वर्षीय गुरुङ तमुधिँ लण्डन इकाइका वरिष्ठ उपाध्यक्ष थिए ।

इकाइका महासचिव भरत गुरुङका अनुसार करिब दुई साताअघि कामबाट घर फर्कंदा ज्वरो आएको महसुस भएपछि उनी घरमै आइसोलेसनमा बस्दै आएका थिए ।

करिब ५/६ दिनअघि श्वास फेर्न गाह्रो भएपछि एम्बुलेन्स बोलाई उनलाई अस्पताल लगिएको स्थानीय वीनेपाली डटकमले समाचार लेखेको छ ।

पछिल्लो समय उनलाई भेण्टिलेटरमा राखिएको थियो । उनी पूर्व गोरखा सैनिक थिए । गोरखा ट्रान्सपोर्ट रेजिमेण्ट (जीटीआर) मा उनले सेवा गरेका थिए ।