Logo २१ असार २०८३, आइतबार | Mon Jul 6 2026


सुुदूरपश्चिमका प्रतिनिधिसभा सदस्यद्वारा सरकारको ध्यानाकर्षण


0
Shares

बैतडी, चैत २६ । कोरोनाभाइरसको संक्रमणको उच्च जोखिममा रहेका सुदूरपश्चिम प्रदेशका प्रतिनिधिसभा सदस्यहरुले बुधबार कोरोनाभाइरस नियन्त्रण तथा रोकथामका लागि संघीय सरकारको ध्यानाकर्षण गराएका छन् ।

सुदूरपश्चिमका पहाडी जिल्लाहरु बैतडी, बझाङ र दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरुले कोरोनाभाइरस नियन्त्रण तथा रोकथामका लागि सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उपप्रधान तथा रक्षामन्त्री एवं कोभिड–१९ रोकथाम उच्चस्तरीय समितिका संयोजक ईश्वर पोखरेल र स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई भेटेर सुदूरका पहाडी जिल्लाहरुमा कोरोना रोकथामका लागि आवश्यक कदम चाल्न आग्रह गरेका हुन् ।

बैतडीबाट निर्वाचित सांसद दामोदार भण्डारी, दार्चुलाका सांसद गणेशसिंह ठगुन्ना र बझाङका सांसद भैरवबहादुर सिंहले ध्यानकर्षण गराएका हुन् ।

देशैभर भेटिएका नौजना कोरोना संक्रमितमध्ये चारजना सुदूरपश्चिम प्रदेशका छन् ।