Logo १७ असार २०८३, बुधबार | Wed Jul 1 2026


सांसद यादवले लिए भारतको ‘क्वारेन्टाइन’मा रहेका नेपालीहरुको अवस्थाबारे जानकारी


0
Shares

वीरगन्ज, चैत २६ । पर्सा क्षेत्र नम्बर–१ का सांसद प्रदीप यादवले भारतको ‘क्वारेन्टाइन’मा रहेका नेपालीहरुको अवस्थाबारे जानकारी लिएका छन् ।

‘लकडाउन’का कारण सीमापारि भारतमा रोकिएका नेपालीहरुको खाने, बस्ने, स्वास्थ्य जाँचलगायतको अवस्थाको बारेमा उनले जानकारी लिएका थिए ।

रक्सोलस्थित हजारी मल उच्च माध्यमिक विद्यालयको क्वारेन्टाइनमा १५ जना नेपाली छन् ।

क्वारेन्टाइनमा रहेकाहरुले व्यवस्थापन राम्रो रहेको जानकारी गराएका थिए ।

सांसद यादवले क्वारेन्टाइनमा रहेकाहरुलाई खाद्यान्नलगायतका सामग्री वितरणसमेत गरेका थिए ।