Logo १७ असार २०८३, बुधबार | Wed Jul 1 2026


परासी कारागारमा जोखिम


0
Shares

परासी, चैत २६ । पश्चिम नवलपरासीमा रहेको कारागारका कैदीबन्दीहरुमा कोरोना संक्रमणको जोखिम बढेको छ ।

क्षमताभन्दा बढीको संख्यामा कैदीबन्दीहरु रहेका कारण जोखिम बढेको हो ।

कोरोना संक्रमणबाट सुरक्षित रहन सामाजिक दूरी कायम गर्नुपर्ने भएपनि एउटा कोठामा ३० देखि ३५ जना कैदीबन्दी राखिएको छ ।

कारागारमा हाल ६४ महिलासहित ४०० बन्दी छन् । कारागारमा महिलातर्फ चार र पुरुषतर्फ १० कोठा छन् ।

ठाउँ अभावका कारण एउटै कोठामा कोचिएर बस्नुपर्ने अवस्था रहेको छ ।

अहिलेसम्म कुनै कैदीबन्दीहरुलाई ज्वरो, रुघा–खोकीलगायतका लक्षण नदेखिएको जेलर जगतबहादुर बस्नेतले बताए ।

कैदीबन्दीको मृत्यु

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा कारागार कार्यालय पश्चिम नवलपरासीमा कैद सजाय भुक्तान गरिरहेका एकजना कैदीबन्दीको बुधबार मृत्यु भएको छ ।

मृत्यु हुनेमा रुपन्देहीको सैनामैना–१ का ३५ वर्षीया शिवराज परियार छन् । उनको जन्डिस रोगका कारण मृत्यु भएको बताइएको छ ।