Logo ९ फाल्गुन २०८२, शनिबार | Sat Feb 21 2026


बर्दियामा निर्वाचन लागि सबै तयारी पूरा


39
Shares

बर्दिया । बर्दियामा शुक्रबार हुने स्थानीय तहको निर्वाचनको सबै तयारी पूरा भएको छ ।

बर्दियाका सबै स्थानीय तहमा मतदानका लागि आवश्यक पर्ने तयारी पूरा भएको जिल्ला निर्वाचन कार्यालय बर्दियाले जनाएको छ। बर्दियाका मुख्य निर्वाचन अधिकृत लोक जंग शाहका अनुसार पालिकाका सबै वडामा निर्वाचन आयोगले खटाएका कर्मचारीहरु खटिएको र मतदानका लागि आवश्यक पर्ने सामाग्री पुर्याउनुका साथै वडाको सर्वदलीय छलफल समेत सकिएको हो ।

साथै शुक्रबार (बिहान) ७ बजेदेखि सुरु हुने मतदान कार्यक्रमको तयारी गराएको मुख्य निर्वाचन अधिकृत शाहले बताउनुभयो ।

मतदान केन्द्रमा बुथ निर्माण, मतगणना स्थलमा सीसी क्यामेरा जडानसँगै अन्य तयारी समेत सकिएको जिल्ला निर्वाचन कार्यालय बर्दियाले जनाएको छ ।