Logo १३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026


नवलपुरमा निर्वाचनको सबै तयारी पूरा


65
Shares

नवलपुर । नवलपुरमा शुक्रबार हुने स्थानीय तहको निर्वाचनको सबै तयारी पूरा भएको छ ।

नवलपुरका सबै स्थानीय तहमा मतदानका लागि आवश्यक पर्ने तयारी पूरा भएकाे जिल्ला निर्वाचन कार्यालय नवलपुरले जनाएको छ । नवलपुरका लागि मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीका अनुसार पालिकाका सबै वडामा निर्वाचन आयोगले खटाएका कर्मचारीहरु खटिएको र मतदानका लागि आवश्यक पर्ने सामाग्री पुर्याउनुका साथै वडाको सर्वदलीय छलफल समेत सकिएको हो ।

साथै भाेलि (शुक्रबार) बिहान ७ बजेदेखि सुरु हुने मतदान कार्यक्रमकाे तयारी गराएको मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले बताउनुभएकाे हाे। मतदान केन्द्रमा बुथ निर्माण, मतगणना स्थलमा सीसी क्यामेरा जडानसँगै अन्य तयारी समेत सकिएको जिल्ला निर्वाचन कार्यालय नवलपुरले जनाएको हाे ।

साथै नवलपुरमा जम्मा १ सय १३ मतदान केन्द्र रहेका छन् ।