२२ बैशाख २०८२, सोमबार | Mon May 5 2025


८ सयले बढ्यो सुनको मूल्य


351
Shares

काठमाडौं । साताको पाँचौं दिन बिहीबार बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९७ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार ८ सयले बढेर ९७ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

तेजावी सुन प्रतितोलामा ९७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य पनि बिहीबार ५ रुपैयाँले बढेर १ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।