२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


नेकपा बहुमतका संयोजक धमेन्द्र बास्तोलासहित तीन पक्राउ


572
Shares

काठमाडौं । नेकपा बहुमतका संयोजक धमेन्द्र बास्तोलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेका बास्तोलासहितका तीन नेतालाई बिहीबार बिहान भालुबाङमा नियन्त्रणमा लिएर सोधपुछ गरिएको जिल्ला प्रहरीले जानकारी दिएको छ ।

उनीहरुलाई पक्राउ गर्ने नीति नभएको र सामान्य सोधपुछका लागि मात्रै नियन्त्रणमा राखेको प्रहरीले जनाएको छ ।

नेत्रविक्रम चन्दले कारबाही गरेपछि बास्तोला र हेमन्तप्रकाश वलीले पनि चन्दलाई कारबाही गरी नेकपा बहुमत गठन गरेका थिए । बास्तोला र वलीले निर्वाचनमा सहभागी नहुने यसअघि नै बताएका थिए भने चन्दको भने निर्वाचनलाई उपयोग गर्ने रणनीति थियो ।

बास्तोला र वलीले निर्वाचन बहिष्कार गर्ने रणनीति बनाएका कारण निर्वाचन सुरक्षालाई मध्यनजर गरी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

बुटवलमा बुधबार साँझ नेकपा बहुमत पार्टीको नामबाट प्रेसर कुकर बम विस्फोट भएको थियो ।