कञ्चनपुर, चैत २५ । कोरोनाभाइरसको संक्रमणबाट बच्न कञ्चनपुरका व्यापारीले सञ्चारकर्मीलाई मास्कलगायतका विभिन्न आधारभूत स्वास्थ्य सामग्री वितरण गरेका छन् ।
विश्वव्यापीरुपमा फैलिएको कोरोनाभाइरसबाट हुनसक्ने महामारीबाट बच्न मास्क, स्यानिटाइजर, साबुनलगायतका सामग्री वितरण गरिएको हो ।
भागेश्वरी ग्रुपबाट प्राप्त उक्त सामग्रीहरु स्वतन्त्र पत्रकार संघ कञ्चनपुरमार्फत् मंगलबार जिल्लास्थित सञ्चारकर्मीलाई हस्तान्तरण गरिएको हो ।










प्रतिक्रिया दिनुहोस्