४ जेष्ठ २०८२, आइतबार | Mon May 19 2025


तुलसीपुर–१७ मा उम्मेदवारको निधनपछि तोकियो नयाँ निर्वाचन तालिका


533
Shares

काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिका–१७ का वडाध्यक्ष उम्मेदवार लबरू चौधरीको निधन भएपछि निर्वाचन आयोगले नयाँ निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । चौधरी नेकपा एमालेको तर्फबाट उम्मेदवार हुनुहुन्थ्यो ।

नयाँ निर्वाचन तालिकाअनुसार एमालेका लागि मात्रै बुधबार बिहान १० बजेदेखि ११ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरिएको छ ।

तुलसीपुर उपमहानगरपालिकाका निर्वाचन अधिकृत रामेश्वर अर्यालका अनुसार बिहीबार बेलुका ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने छ ।

निर्वाचन अधिकृत अर्यालका अनुसार वैशाख ३१ गतेदेखि मौन अवधि सुरू हुने छ । नेकपा एमाले उम्मेदवारको मृत्यु भएको हुँदा एमालेको हकमा मात्रै यो नियम लागू हुने बताइएको छ ।

निर्वाचन अधिकृतको कार्यालय तुलसीपुरको सरकारी वकिलको कार्यालयमा आएर मनोनयन दर्ता लगायत कार्यक्रम हुने छन् ।

वैशाख ३० गते स्थानीय तहको निर्वाचन भए पनि तुलसीपुर उपमहानगरपालिकामा जेठ ३ गते स्थानीय तहको निर्वाचन वडा नं. १७ मा पूरा भएपछि मात्रै मतगणना हुने भएको छ ।