
कैलाली, चैत २५ । सुदूरपश्चिमको स्वास्थ्य आपूर्ती व्यवस्थापन केन्द्रले कोरोना भाइरसका गम्भीर प्रकृतिका बिरामीको उपचारका लागि उपकरण खरिद गर्न बजेट माग गरेको छ ।
प्रदेशमा कोरोना भाइरस महामारीका रुपमा फैलिन सक्नेतर्फ सचेत रहँदै अस्पतालहरुका लागि १५ वटा भेन्टीलेटर, १५ शैयाको सघन उपचार कक्ष, १५ वटा अक्सिजन कन्सनट्रेटर र कार्डियाक मोनिटर खरिदका लागि प्रदेश सरकारसँग बजेट मागेको हो ।
सुदूरपश्चिममा अहिले धनगढीको सेती प्रादेशिक अस्पतालमा दुई वटा र महाकाली अस्पतालमा एउटा भेन्टीलेटर गरी तीनवटा भेन्टीलेटर छन् भने निजी अस्पतालमा ७ वटा भेन्टीलेटर रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्