Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


२०२६ सम्म तापक्रम १.५ डिग्रीले बढ्नेः अध्ययन


273
Shares

काठमाडौं । जलवायुसम्बन्धी पेरिस सम्झौताले पृथ्वीको तापमान वृद्धिलाई यो शताब्दीको अन्त्यसम्म १.५ डिग्री सेन्टिग्रेडमा सीमित राख्ने भने पनि आगामी ५ वर्षमै यो स्तरमा तापक्रम वृद्धि हुनसक्ने एक अध्ययनले देखाएको छ।

विश्व मौसम संगठन (ओएमआई) का लागि ११ वटा विभिन्न संस्थाका मौसमविद् सम्मिलित टोलीले सोमबार अबेर सार्वजनिक गरेको एक आकलनअनुसार तापक्रम वृद्धिको तोकिएको सीमा अबदेखि सन् २०२६ को अन्त्यसम्म कुनै पनि बेला पार हुन सक्ने ४८ प्रतिशत सम्भावना देखिएको छ।

गत वर्ष गरिएका केही आकलनले यो सम्भावना ४० प्रतिशत रहेको देखाएका थिए। एक दशकअघिसम्म यो सम्भावना १० प्रतिशत मात्र थियो। सन् २०१५ मा गरिएको पेरिस सम्झौताले १९औं शताब्दीको अन्त्यताकाको तापक्रमको तुलनामा पृथ्वीको तापक्रम वृद्धिलाई सकेसम्म १.५ प्रतिशतभन्दा बढीले बढ्न नदिने लक्ष्य लिएको छ।

यो समाचार आजको नागरिक दैनिकमा छ ।