Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


फोहोर टेक्दै मत खसाल्नु पर्ने


65
Shares

काठमाडौं । ३० वैशाखमा हुन गइरहेको स्थानीय तह निर्वाचनका मतदाताहरूले काठमाडौं उपत्यकामा थुप्रिएको फोहोरकै बीच मत खसाल्नुपर्ने अवस्था आएको छ । निर्वाचन मिति नजिकिँदासमेत फोहोर उठाउन उचित पहल नभएकाले यो अवस्था आएको हो ।

त्यसो त उम्मेदवारहरूले फाहोरकै बीच मत मागिरहेका थिए । सुशासन, समृद्धि र विकास निर्माणको नारा दिने त्यस्ता उम्मेदवार यसअघि २०७४ सालको निर्वाचनमा विजयी जनप्रतिनिधि भएको पार्टीमा समेत आबद्ध छन् । काठमाडौं महानगरपालिकामा नेकपा एमालेका उठेका विद्यासुन्दर शाक्य प्रमुख र नेपाली कांग्रेसका तर्फबाट हरिप्रभा खड्गी (श्रेष्ठ) उपप्रमुख पदमा विजयी भएका थिए ।

अहिले एमालेबाट प्रमुखमा केशव स्थापित र कांग्रेसबाट सिर्जना सिंहले उम्मेदवारी दिएर भोट माग्दै हिँडिरहेका छन् । उनीहरूलगायत महानगरपालिकाका सबै उम्मेदवारले फोहोर व्यवपस्थापनलाई मुख्य चुनावी नारामा समेत अघि सारेको पाइएको छ ।

यो समाचार आजको राजधानी दैनिकमा छ ।