भक्तपुर, चैत २४ । भक्तपुरको खरिपाटीस्थित ‘क्वारेन्टाइन’मा रहेका ७३ जनालाई सोमबार घर पठाइएको छ ।
कोरोना प्रभावित विभिन्न देशबाट आएका उनीहरुलाई १४ दिनअगाडि भक्तपुरस्थित विद्युत् प्राधिकरणको भवनमा क्वारेन्टाइनमा राखिएको थियो ।
यहाँ रहेका सबैको कोरोना परीक्षण ‘रिपोर्ट नेगेटिभ’ आएपछि उनीहरुलाई नेपाली सेना र जिल्ला सुरक्षा निकायको पहलमा घरसम्म पुर्याउने गरी सोमबार पठाइएको नेपाली सेना वीरदल गणका गणपति कर्णेल शिवप्रसाद पौडेलले जानकारी दिए ।
उनले खरिपाटीको क्वारेन्टाइनमा रहेका उपत्यकाभित्रका २६ सहित कुल ७३ जनालाई सोमबार घर फर्काइएको जानकारी दिए ।
घर फर्काउन नेपाली सेनाका दुई र सार्वजनिक यातायात दुई गरी चारओटा बसमा हालेर काठमाडौं, चितवन, झापा, बुटवल, नेपालगन्ज, मुग्लिङ, पोखरा, बनेपा र पाँचखाल पठाइएको कर्णेल पौडेलले बताए ।
उनीहरुलाई बसमा खानाका लागि खानेकुरासमेत पठाएको जानकारी उनले दिए । रासस









प्रतिक्रिया दिनुहोस्