नवलपरासी, चैत २४ । भारतसँग सीमाना जोडिएको पश्चिम नवलपरासीको सीमा क्षेत्रमा सशस्त्र प्रहरीले अस्थायी पोस्ट स्थापना गरेर निगरानी बढाएको छ ।
कोरोनाको संक्रमण फैलिन नदिन १५ दिनअघि सीमानाकाहरु बन्द गरिएपनि लुकिछिपी आवत–जावत बढ्न थालेपछि सबै सीमामा सशस्त्र प्रहरीले निगरानी बढाएको हो ।
सशस्त्र प्रहरी बल नम्बर–२६ गण हेडक्वार्टर पश्चिम नवलपरासीका उपरीक्षक भरत खनियाँले भारतबाट नेपाल प्रवेश गर्न नसकून् भनेर पोस्टसँगै २०० मिटरको दूरीमा सशस्त्र प्रहरी खटाइएको जानकारी दिए ।
भारत, उत्तर प्रदेशको महाराजगन्जमा कोरोन संक्रमित भेटिएपछि सशस्त्रले सीमा नै ‘सिल’ गरेर गस्ती बढाएको हो ।









प्रतिक्रिया दिनुहोस्