३१ असार २०८२, मंगलबार | Wed Jul 16 2025


कोरोना संक्रमितको संख्या १३ लाखको नजिक, मृतकको संख्या ७० हजार नाघ्यो


0
Shares

काठमाडौं, चैत २४ । कोरोनाभाइरस (कोभिड–१९) का कारण विश्वभर १२ लाख ८७ हजार ९५ जना व्यक्ति संक्रमित भएका छन् । जसमध्ये ७० हजार ५२३ जनाको मृत्यु भएको छ ।

पछिल्लो तथ्यांकअनुसार संक्रमितमध्ये दुई लाख ७१ हजार ८८२ जना उपचारपछि निको भएका छन् ।

अमेरिकामा सबैभन्दा बढी तीन लाख ३६ हजार ८५१ जना संक्रमित भएका छन् भने ९ हजार ६२० जनाको मृत्यु भएको छ ।

स्पेनमा संक्रमितको संख्या एक लाख ३५ हजार ३२ जना पुगेको छ । स्पेनमा मृतकको संख्या १३ हजार ५५ पुगेको छ ।

यूरोपेली मुलुक इटलीमा एक लाख २८ हजार ९४८ जना संक्रमित भएका छन् भने १५ हजार ८८७ जनाको मृत्यु भएको छ ।

यस्तै, जर्मनीमा एक लाख १३२ जना संक्रमित भएका छन् भने एक हजार ५८४ जनाको मृत्यु भएको छ ।

फ्रान्समा कोरोना संक्रमितको संख्या ९२ हजार ८३९ पुगेको छ । मृतकको संख्या ८ हजार ७८ पुगेको छ ।

उता, इरानमा कोरोना संक्रमितको संख्या ६० हजार ५०० पुगेको छ भने तीन हजार ७३९ जनाको मृत्यु भएको छ ।

बेलायतमा कोरोना संक्रमितको संख्या ४७ हजार ८०६ पुगेको छ भने चार हजार ९३४ जनाको मृत्यु भएको छ ।

यस्तै, भारतमा संक्रमितको संख्या चार हजार ३१४ पुगेको छ भने मृतकको संख्या ११८ पुगेको छ ।

पाकिस्तानमा कोरोना संक्रमितको संख्या तीन हजार २७७ पुगेको छ । ५० जनाको मृत्यु भएको छ । (एजेन्सी)