३१ असार २०८२, मंगलबार | Wed Jul 16 2025


मुम्बईस्थित एक अस्पतालमा कार्यरत् २९ जना स्वास्थ्यकर्मी कोरोनाको संक्रमणमा


0
Shares

काठमाडौं, चैत २४ । भारतको मुम्बईस्थित एक अस्पतालमा कार्यरत् २६ नर्स र तीन चिकित्सकलाई कोरोनाभाइरसको संक्रमण भएको पुष्टि भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

मुम्बईको वोकहार्ट अस्पतालमा कार्यरत् नर्स र चिकित्सकलाई कोरोनाभाइरसको संक्रमण देखिएपछि अस्पताल अस्थायीरुपमा बन्द गरिएको छ ।

एकै अस्पतालमा यति तीव्ररुपमा २९ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको सम्बन्धमा अनुसन्धान गर्न छानबिन टोली गठन गरिनुका साथै उक्त अस्पतालभित्र कसैलाई पनि प्रवेश गर्न र भित्र रहेकाहरुलाई बाहिर जानबाट रोक लगाइएको छ । (एजेन्सी)