Logo १७ असार २०८३, बुधबार | Wed Jul 1 2026


राहत संकलन तथा वितरण नगर्न जिप्रका कास्कीको आग्रह


13
Shares

पोखरा, चैत २४ । जिल्ला प्रशासन कार्यालय कास्कीले कोरोना संक्रमणको जोखिम रहेको अवस्थामा कसैलाई पनि राहत संकलन तथा वितरण गर्ने कार्यमा सरिक नहुन आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले एक सूचना प्रकाशित गरी संक्रमणको अवस्था कायम रहेकाले खाद्यान्नलगायतका सामग्री संकलन तथा राहत वितरण नगर्न आग्रह गरेको हो ।

प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले कोही–कसैले आफ्नै तर्फबाट राहत वितरण गर्न चाहेमा स्थानीय तहको सिफारिस र जिल्ला प्रशासनको स्वीकृति लिएर एकद्वार प्रणालीबाटमात्र राहत वितरण गर्न सकिने जानकारी दिए ।

प्रशासनले आफूखुसी राहत संकलन तथा वितरणका कार्य गर्ने वा गराउनेलाई संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाही गरिने जनाएको छ ।