Logo १७ असार २०८३, बुधबार | Wed Jul 1 2026


अत्याधिक रक्तश्राव हुँदा गर्भवतीको मृत्यु


0
Shares

अर्घाखाँची । सन्धिखर्क नगरपालिका वडा नं ९ पाथ्रावाङ्गकी गर्भवती देवी विकको अत्याधिक रक्तश्राव हुँदा मृत्यु भएको छ ।

एक्कासी रक्तश्राव भएपछि उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्क  लैजादै गर्दा बाटोमा नै २९ वर्षीय उनकोे आइबार साँझ मृत्यु भएको स्थानीय वसन्तकुमार विकले जानकारी दिए ।

उनका तीन छोरी  रहेका छन् । हाल उनको पति रोजगारीका लागि हाल भारतमा रहेका छन् । उनकी कान्छी छोरी १८ महिनाकी भएकी छिन् ।रासस