Logo १२ फाल्गुन २०८२, मंगलबार | Tue Feb 24 2026


एमालेलाई जिताए इटहरी र धरानको विकासको जिम्मा म लिन्छु : अध्यक्ष ओली

प्रचण्डलाई चकचके बाँदरको संज्ञा

5.5k
Shares

सुनसरी । नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले आफ्नो पार्टीका उम्मेदागवारहरूलाई निर्वाचित गराए धरान र इटहरीको विकासको जिम्मा आफूले लिने बताउनुभएको छ ।

शनिबार इटहरीमा आयोजित एमालेको चुनावी सभालाई सम्बोधन गर्दै ओलीले आफ्ना उम्मेदवारलाई जिताए इटहरीको विकासको जिम्मा आफूले लिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

देशकै विकासको नेतृत्व गर्ने प्रतिवद्धता जनाएकाले आफ्ना उम्मेदवारलाई विजय गराए इटहरी र धरानलाई प्राथमिकतामा राखेर विकास निर्माणका काम अघि बढाउने बताउनुभयो ।

अध्यक्ष ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले छोरी रेणु दाहाल हारेमा देशमा दुर्घटना हुन्छ भनेर जनतालाई धम्क्याएको टिप्पणी गर्नुभयो ।

‘एउटा चकचके बाँदर रुखमा चढेर बदमासी गरिरहेको हुन्छ,’ प्रचण्डलाई बाँदरको संज्ञा दिँदै उहाँले भन्नुभयो, ‘प्रचण्ड त्यहि रुखमा चढेर चकचक गरिरहने बाँदर हो ।’

ओलीले एमालेसँग चुनाव हार्ने डरका कारण पाँच दलिय गठबन्धनले वडासम्म चुनावी तालमेल गरेको आरोप लगाउनुभयो । पाँच दलीय गठबन्धनलाई पराजित गर्न एमाले एक्लै काफी रहेको उहाँको दाबी छ ।

अध्यक्ष ओलीले लोकप्रियताका कारण वृद्धदेखि बालकसम्म सबैले आफूलाई ‘आइलभयू’ भन्न थालेको बताउनुभयो ।