Logo १७ असार २०८३, बुधबार | Wed Jul 1 2026


मन्त्रालय भित्रै फोहोरको डंगुर ! (हेरौं भिडियो)


0
Shares

काठमाडौं । देशको केन्द्रिय प्रशासनिक केन्द्र सिंहदरबारमा रहेको मन्त्रालय भित्रै फोहोर थुप्रिएको छ ।

सघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको तेस्रो तल्लाको कार्यालयको ढोकै अगाडि लकडाउन सुरु भएदेखि थुप्रिएको फोहोर उठाइएको छैन । 

मन्त्रालयमै फोहोर थुप्रिएको विषयमा जिज्ञासा राख्दा कर्मचारीहरुले अरु मन्त्रालयको अवस्था पनि उस्तै रहेको बताए ।

फोहोर थुप्रिएको ठाउँसँगै रहेको हलमा आइतबार पत्रकार सम्मेलन गर्न लागिएकोमा पछि दोस्रो तल्लामा रहेको सचिव कार्यालयसंगै रहेको हलमा पत्रकार सम्मेलन गरिएको थियो ।

लकडाउनले नियमित रुपमा काम हुन नसके पनि फोहोर नै नउठाएर बस्दा अर्को महामारी नफैलिएला भन्न सकिँदैन ।