Logo १७ असार २०८३, बुधबार | Wed Jul 1 2026


बागलुङमा ‘लकडाउन’ फितलो


0
Shares

बागलुङ, चैत २२ । बागलुङमा लकडाउन फितलो बन्दै गएपछि स्थानीय बासिन्दामा त्रास बढेको छ ।

मानिसहरुको आवतजावत बाक्लिएपछि स्थानीयमा त्रास बढेको हो ।

स्थानीय प्रशासनले लकडाउन घोषणा गरेपनि प्रभावकारी बन्न सकेको छैन ।

सुरुका केही दिन लकडाउन प्रभावकारी देखिएपनि अहिले भने बागलुङ बजारमा मान्छेहरु खुलेआम हिँड्दासमेत प्रशासनले कडाइ गरेको छैन ।

प्रशासनले कडाइ नगर्दा बजार क्षेत्रमा सवारी–साधन चल्न थालेका छन् ।

बागलुङका प्रमुख जिल्ला अधिकारी गौलोचन सैंजूले लकडाउनलाई प्रभावकारी बनाउन ठूलो संख्यामा प्रहरी परिचालन गर्ने बताए ।

बागलुङका ग्रामीण क्षेत्रमा पनि सरकारले घोषणा गरेको लकडाउनको पालना भएको छैन ।

बागलुङमा संक्रमितको संख्या बढ्दै जाँदा पनि लकडाउनलाई प्रभावकारी नबनाएको भन्दै स्थानीयवासीले प्रशासनमाथि प्रश्न उठाएका छन् ।