Logo १ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026


युवालाई नेतृत्व तहमा ल्याउन छलफल आवश्यक : उपप्रधानमन्त्री पोखरेल


0
Shares

काठमाडौं, साउन २७ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले युवालाई नेतृत्व तहमा ल्याउन सबै क्षेत्रमा छलफल आवश्यक रहेको बताएका छन् ।

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आइतबार काठमाडौंमा गरिएको कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले देशमा कूल जनशक्तिको ४० प्रतिशतभन्दा बढी युवा भएकाले उनीहरुलाई नेतृत्व तहमा ल्याउन छलफल आवश्यक रहेको बताए । उनले युवाहरुलाई प्राथमिकतामा राखेर प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गरिएको जानकारीसमेत दिए ।

उपप्रधानमन्त्री पोखरेलले लामो समयको राजनीतिक अस्थिरतापछि स्थिर सरकार गठन भएकाले अब मुलुक विकास र समृद्धितिर अगाडि बढेको बताए ।

सोहीअनुसार मुलुकका नीति नियम र कानुनमा सुधार गरिने उनले जानकारी दिए । देशको समृद्धिका लागि युवाहरुले रचनात्मक जनदबाव दिनु आवश्यक रहेको भन्दै उनले अतिवादी समूहले भने सरकारको सामना गर्नुपर्ने चेतावनी पनि दिए ।

कार्यक्रममा युवा प्रतिभाहरुलाई सम्मानसमेत गरिएको थियो ।