Logo २२ असार २०८३, सोमबार | Mon Jul 6 2026


प्रधानमन्त्री ओलीले गरे बहराइनका प्रधानमन्त्रीसित फोन संवाद


0
Shares

काठमाडौं, चैत २२ । प्रधानमन्त्री केपी शर्मा ओलीले बहराइनका प्रधानमन्त्री खलिफा बिन सलमान अल खलिफासित टेलिफोन संवाद गरेका छन् ।

कोरोनाभाइरस (कोभिड–१९)का सन्दर्भमा शनिबार प्रधानमन्त्री ओलीले उनका समकक्षी खलिफासित संवाद गरेका हुन् ।

सोक्रममा उनले बहराइनमा रहेका नेपालीहरुको सुरक्षाप्रति चासो राख्दै प्राप्त सहयोगका लागि धन्यवाद ज्ञापन गरेका थिए ।

प्रधानमन्त्री ओलीले अरु मुलुकका सरकार प्रमुखहरुसित पनि संवाद जारी राख्ने ट्वीटमार्फत् जानकारी गराएका छन् ।

‘कोभिड–१९ का सन्दर्भमा नेपाली श्रमिकहरुको उल्लेख्य संख्या रहेको मुलुकका सरकार प्रमुखसँग कुराकानी गर्नेक्रममा आज बहराइनका प्रधानमन्त्रीसँग फोन संवाद गरें । त्यहाँ रहेका नेपालीहरुको सुरक्षाप्रति चासो राख्दै बहराइनबाट प्राप्त सहयोगका लागि धन्यवाद ज्ञापन गरें’–प्रधानमन्त्री ओलीको ट्वीटमा लेखिएको छ ।