Logo २२ असार २०८३, सोमबार | Mon Jul 6 2026


प्रधानमन्त्री ओलीद्वारा चीन सरकार र चिनियाँ जनताप्रति ऐक्यबद्धता


0
Shares

काठमाडौं, चैत २२ । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन सरकारले शनिबार घोषणा गरेको राष्ट्रिय शोक दिवसका सन्दर्भमा चीन सरकार र चिनियाँ जनताप्रति ऐक्यबद्धता प्रकट गरेका छन् ।

कोरोनाभाइरसको संक्रमणबाट दिवंगत भएका चिनियाँ नागरिकप्रति श्रद्धाञ्जलि र शोकाकुल परिवारमा सहानुभूति एंव समवेदना प्रकट गर्न चीन सरकारले शनिबार घोषणा गरेको राष्ट्रिय शोक दिवसको सन्दर्भमा प्रधानमन्त्री ओलीले नेपाल सरकार, नेपाली जनता र आफ्नो तर्फबाट ऐक्यबद्धता जनाएका हुन् ।

राष्ट्रिय शोक दिवसको दिन शनिबार चीनका सरकारी कार्यालयहरुमा आधा झन्डा झुकाइएको छ ।