Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


आचारसहिंता उल्लंघनको आरोपमा उजुरी


182
Shares

बुटवल । नगरप्रमुखमा निर्वाचित भएपछि सरकारी सेवा सुविधा नलिने घोषणा गरेका तिलोत्तमा नगरपालिका प्रमुख वासुदेव घिमिरेले २ लाख ८४ हजार रुपैयाँ लिएको खुलासा भएको छ ।

वैदेशिक भ्रमणका नाममा घिमिरेले चीन जादाँ २ लाख ८४ हजार ७ सय रुपैयाँ लिएको महालेखा परीक्षककाे कार्यालयको प्रतिवेदनमा उल्लेख छ । उपप्रमुख रहेकी जागेश्वरी देवी चौधरीले चीन जाँदा १ लाख ९ सय ७३ रुपैयाँ लिएको खुलेको छ । महालेखाले २०१९ हगस्त ३१ मा भएको भ्रमण भएपनि सो मितिमा चीन नगएको देखिएको जनाएको छ ।

यी दुई जनाले नेपाल सरकारबाट भ्रमणको स्वीकृति लिनुपर्ने भएपनि भ्रमण स्वीकृति र भ्रमण मिति फरक परेकाले नियमसंगत नभएको महालेखाको ठहर रहेको छ । महालेखाले ३ लाख ८५ हजार ६ सय ७३ रुपैयाँ खर्च भएपनि विधिसम्मत नभएको जनाएको हो ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।