काठमाडौं । सुचना प्रविधिमा महिलाको सहभागीता बढाउन सरोकारवालाले जोड दिएका छन ।
अन्तर्राष्ट्रिय गल्र्स इन आइसीटी दिवसको अवसरमा वुमन इन इन्फर्मेसन टेक्नोलोजी (डब्लुआईआईटी ) आयोजना गरेको एक कार्यक्रममा सरोकारवालाले यस्तो बताएका हुन् । दिवसको अवसरमा डब्लुआईआईटीले सेफर इन्टरनेट एक्सेस फर गल्र्स सम्मेलन आयोजना गरेको हो । सुरक्षित इन्टरनेट पहुँचको नारामा बोकेर सम्पन्न भएको कार्यक्रममा सूचना र प्रविधि क्षेत्रमा आवद्ध करिब ५० महिला सहभागी थिए ।
सूचना प्रविधि क्षेत्रमा स्थापित अब्बल महिलाले सुरक्षित इन्टरनेट पहुँचका विषयमा कार्यपत्र समेत प्रस्तुत गरेका थिए ।
यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।










प्रतिक्रिया दिनुहोस्