Logo १७ असार २०८३, बुधबार | Wed Jul 1 2026


मेची बोर्डरमा कोरोनाबारे सचेतना जगाउँदै स्थानीय तन्नेरी


0
Shares

काठमाडौं । कोरोना भाइरस संक्रमण९कोभिड–१९० फैलन नदिन नेपालका सीमा नाकाहरुमा व्यापक कडाइ गरिएको छ ।

यसै सिलसिलामा नाकाबाट ओहोरदोहोर गर्ने व्यक्तिहरुलाई कोरोनाबारे जानकारी गराउन र सचेत गराउन पूर्वी मेची नाकामा स्थानीय युवाहरुले सक्रियता देखाएका छन्

इलामको रोङ गाउँपालिका–६ का स्थानीय युवाहरुले आफ्नो संस्था ‘नागरिक सेवा समाज’मार्फत खुल्ला सीमा क्षेत्रमा दैनिकजसो जनचेतनाका कार्यक्रमहरु संचालन गरिरहेको संस्थाका अध्यक्ष सत्यम राईले जानकारी दिए ।

अध्यक्ष राईकै अगुवाइमा गाउँपालिकाको परामर्शमा स्थानीय युवाहरु भारतको सिलीगुडी साथै दार्जिलिङसँग मेची खोलाले सिमाना जोडिएको सलकपुर र पाटापुर क्षेत्र साथै झापाको बाहुनडाँगीमा विभिन्न सचेतनाका कार्यक्रमहरु संचालन गरिरहेको बताए ।

सीमा ओहोरदोहोर गर्ने तथा स्थानीयबासीहरुलाई कोरोना भाईरसबारे जानकारी दिने, क्वारेन्टाइनमा बस्न सुझाव दिने गरेको स्वयमसेवक वीरसिंह स्याङ्बोले जानकारी दिए ।

मेची बोर्डर खुल्ला सीमानाका भएको र अत्यन्तै जोखिमयुक्त रहेकाले निगरानी र सचेतना अभियान चलाएको संस्थाका स्वयमसेवक लुवाङ ग्यार्देन तामाङले जनाए ।