Logo ८ असार २०८३, सोमबार | Mon Jun 22 2026


मार्जिन कारोबार कार्याविधि संशोधन


117
Shares

काठमाडौं । लगानीकर्ता तथा धितोपत्र दलाल व्यवसायीहरूले व्यवहारिक नभएको गुनासो गर्दै आएको दुई वर्षमा मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधि पुन: संशोधन गरेर कार्यान्वयनमा ल्याइएको छ ।

धितोपत्र दलाल र व्यवसायीमार्फत सेयर धितोमा राखेर गरिने मार्जिन कारोबार सुविधाका लागि नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार मार्जिन कारोबार सुविधा सम्बन्धी कार्याविधि (प्रथम संशोधन) २०७७ लागू गरेको हो । मार्जिन कारोबार सुविधा अन्तर्गत कुनै लगानीकर्ताले तत्काल सेयर कारोबार गर्न धितोपत्र दलाल व्यवसायी कहाँ सेयर धितो राखेर कर्जा लिन सक्छन् ।

संशोधित कार्यविधि अनुसार धितोपत्र दलाल व्यवसायीले सूचीकृत संस्थाको सेयरको १२० दिनको औषध मूल्य वा बजारको मूल्यमध्ये जुन कम हुन्छ, त्यसको ३० प्रतिशतले हुन आउने रकम ग्राहकसँग प्रारम्भिक मार्जिन (इनिसियल मार्जिन)को रुपमा मार्जिन कारोबार सुविधा दिन सक्नेछन् ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।