काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले भारतमा बहुदरको जीएसटी लागू हुँदा नेपाली उत्पादनलाई प्रतिस्पर्धा गर्न कठिन भइरहेकाे भन्दै मूल्य अभिवृद्धि कर (भ्याट) मा फरक दर माग गरेको छ ।
महासंघले भ्याटको शून्य दरसहित ५ प्रतिशत र १३ प्रतिशत रहने गरि बहुदरको व्यवस्था लागू गर्न माग गरेको हो । आर्थिक वर्ष २०७९/०८० को बजेटका लागि सरकारलाई सुझाव पेश गर्दै महासंघले भ्याटमा बहुदरको माग देहोर्याएको हो ।
महासंघले विगतका वर्षदेखि नै भ्याटमा फरक-फरक दर लागू हुनुपर्ने माग गर्दै आइरहे पनि सरकारले कार्यान्वयन भने गरेकाे थिएन ।
यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।










प्रतिक्रिया दिनुहोस्