Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


कांग्रेसका बागी उम्मेदवारलाई भोलिसम्मको मौका


6.2k
Shares

काठमाडौं । नेपाली कांग्रेसले बागी उम्मेदवारले भोलि बुधबारसम्म पार्टीको आधिकारिक उम्मेदवारलाई सघाउने प्रतिवद्धताका साथ उम्मेदवारी नरहेको विज्ञप्ति जारी गरेमा कारबाही नगर्ने पुनः स्मरण गराएको छ ।

पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले नेपाल समाचारपत्रलाई दिएको जानकारीअनुसार २०७९ वैशाख २१ गतेभित्र आफ्नो उम्मेदवारी निश्क्रिय गरी पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेका उम्मेदवारलाई विजयी बनाउन सहयोग गर्ने प्रतिवद्धतासहित सक्रिय रहने विद्रोही उम्मेदवार र त्यस्ता उम्मेदवारका प्रस्तावक र समर्थकउपर पार्टी विधानबमोजिम हुने कारबाहीमा पार्टी केन्द्रले आवश्यक प्रक्रिया पुर्याई पुनर्विचार गर्ने छ ।

कांग्रेस विधानमा पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेका उम्मेदवारका विरुद्धमा विद्रोही उम्मेदवारी दर्ता गराएका उम्मेदवार र त्यस्ता उम्मेदवारको प्रस्तावक र समर्थक बनेकाको पार्टी सदस्यता स्वतः समाप्त भई पार्टीबाट निष्काशित हुने वैधानिक व्यवस्था रहेको छ ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।