२३ बैशाख २०८२, मंगलबार | Tue May 6 2025


थप ९ जनामा कोरोना संक्रमण


221
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ४ हजार २५५ परीक्षणमा ९ जनामा संक्रमण पुष्टि भएको हो ।

सोमबार कोरोनाको संक्रमणबाट १८ जना मुक्त भएका छन् भने २११ जना सक्रिय संक्रमित रहेका छन् ।

गत २४ घण्टामा कोरोनाको कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।