Logo १७ असार २०८३, बुधबार | Wed Jul 1 2026


कपिलवस्तुमा आगलागी, ३० घर जलेर नष्ट


0
Shares

कपिलवस्तु, चैत २१ । कपिलवस्तुको विजयनगर गाउँपालिका–१, गुगौलीमा आगलागी हुँदा करिब ३० ओटा घर जलेका छन् ।

शुक्रबार अपराह्न करिब ४ बजे काशीराम यादवको घरबाट सल्किएको आगो गाउँभरि फैलिएको हो ।

दिउँसो खाजा बनाएपछि निभाउनका लागि चुल्लो बाहिर निकालिएको आगोले ठूलो रुप लिएको जनाइएको छ ।

आगलागीबाट मानवीय क्षति भने भएको छैन ।

आगो फैलँदै गएपछि स्थानीयहरु सुरक्षित स्थानमा जानुका साथै गाईवस्तुलाई पनि सुरक्षित स्थानमा लगेका थिए ।

स्थानीयको साथमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले आगो नियन्त्रणमा लिएको छ ।

आगलागीबाट प्रभावित भएकाहरुलाई विजयनगर गाउँपालिकाका अध्यक्ष गोपालबहादुर थापाले तत्काल राहतको व्यवस्था गर्ने जानकारी दिएका छन् ।