Logo १० फाल्गुन २०८२, आइतबार | Sun Feb 22 2026


भ्रष्टाचारको शून्य सहनशीलता कायम राख्छु : आईजीपी सिंह


364
Shares

काडमाडौं । भ्रष्टाचारको शून्य सहनशीलता कायम राख्ने प्रतिवद्धता नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक धिरजप्रताप सिंहले गर्नुभएकाे छ।

गृह मन्त्रालयमा आज (साेमबार) गृहसचिव टेकनारायण पाण्डेले उहाँलाई प्रहरी महानिरीक्षको दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको हो ।

दर्ज्यानी चिन्ह लगाएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नवनियुक्त महानिरीक्षक सिंहले सांगठनिक क्रियाकलापहरूलाई प्रक्रियागत एवम् पारदर्शी बनाई कर्मचारीहरूमा जवाफदेहीता बढाउने बताउनुभएकाे छ।

साथै अकर्मण्यता पूर्ण रुपमा निर्मुल गर्ने, भ्रष्टाचारको शून्य सहनशीलता कायम राख्ने कुरामा आफ्नो प्रतिवद्धता रहेको बताउनुभयो ।

उहाँले अपाराधिक तत्वसँगको साँठगाँठलाई निमिट्यान्न पार्ने र आफ्ना सहकर्मीहरूलाई साथमा लिई संगठन सुधारका कार्यहरु लागू गर्ने प्रतिवद्धतासमेत गर्नुभएकाे छ ।

महानिरीक्षक सिंहले आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई सुरक्षित, भयरहित तवरबाट सम्पन्न गर्ने समेत बताउनु भयो ।

Skip This