Logo १७ असार २०८३, बुधबार | Wed Jul 1 2026


चेक रिपब्लिक र मलेसियाले नेपालमा अलपत्र परेका आफ्ना नागरिकलाई स्वदेश फर्काउने


0
Shares

काठमाडौं, चैत २१ । चेक रिपब्लिक र मलेसियाले नेपालमा अलपत्र परेका आफ्ना नागरिकलाई शनिबार (भोलि) स्वदेश फर्काउने भएका छन् ।

चेक रिपब्लिकले शनिबार बिहान ७ बजे रोयल हिमालय एअरलाइन्सबाट र मलेसियनहरुलाई दिउँसो १२ बजे मालिन्डो एअरबाट स्वदेश लगिने भएको छ ।

जर्मनी र फ्रान्सले नेपालमा छुटेका आफ्ना नागरिकलाई शनिबार बिहान १० बजे कतार एअरवेजको विमान चार्टर गरी लैजाने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख सागर आचार्यले जानकारी दिएका छन् ।

उनले नेपालका विभिन्न क्षेत्रमा अलपत्र परेका विदेशीहरुलाई शुक्रबार राति १२ बजेसम्म उद्धार गर्ने र त्यसपछि उद्धार गर्न नसकिने स्पष्ट पारे ।

‘लकडाउन’को घोषणा भएपछि काठमाडौंबाहिर अलपत्र परेका विभिन्न देशका दुई हजारभन्दा बढी विदेशी स्वदेश फर्काइएका छन् ।

केही विदेशीहरु भने आफनो देशमाभन्दा नेपालमै बस्न सुरक्षित ठानेर स्वदेश फर्कन मानेका छैनन् ।