२५ बैशाख २०८२, बिहिबार | Fri May 9 2025


भारतीय प्रधानमन्त्री मोदीले देशवासीसँग मागे ९ मिनेट


0
Shares

काठमाडौं, चैत्र २१ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरुसविरुद्ध लड्न देशवासीसँग ९ मिनेट मागेका छन् ।

शुक्रबार बिहान देशवासीलाई सम्बोधन गर्दै दिएको भिडियो सन्देशमा मोदीले आउँदो आइतबार अप्रिल ५ मा राति ९ बजे ९ मिनेटसम्म घरको ढोका या छतमा मैनबत्ती, दियो, टर्च वा मोबाइलको फल्याशलाइट बाल्न अपील गरेका हुन् ।

महामारीको समयमा निरन्तर प्रकाशतर्फ जानुपर्ने र सबैभन्दा बढी प्रभावित गरीबहरुलाई निराशाबाट आशातर्फ डोर्याउनुपर्ने भन्दै उनले यो संकटमा देखिएको अन्धकार र अनिश्चिततबाट उज्यालोतर्फ बढ्नुपर्छ भनेका छन् ।

निराशालाई पराजित गर्न प्रकाश चारै दिशामा फैलाउनुपर्छ भन्दै मोदीले आइतबार कोरोनाको संकटलाई चुनौति दिन आह्वान गरेका हुन् । अप्रिल महिनामा एक सय ३० करोड देशवासीको संकल्पलाई नयाँ उचाइमा लैजानुपर्ने पनि उनले बताएका छन् ।

आउँदो आइतबार अप्रिल ५ तारिखको दिन म सबैको ९ मिनेट चाहन्छु भन्दै मोदीले यसअघि थाल, शंख, घण्टा बजाउँदा भिडभाड भएकोले दीप प्रज्वलन गर्न आग्रह गरेका हुन् । यसबाट १ सय ३० करोड भारतीय जनता कोरोनालाई हराउन सक्षम रहेको सन्देश विश्वमा जाने उनको तर्क छ ।