३१ असार २०८२, मंगलबार | Tue Jul 15 2025


कोरोना संक्रमित जवानलाई सहयोग गर्न भन्दै पत्र लेख्ने अमेरिकी कमाण्डर कोजिअरलाई जिम्मेवारीबाट हटाइयो


0
Shares

एजेन्सी । अमेरिकी नौ सेनाले आफ्नो नेतृत्वमा रहेको युद्धपोतमा भाइरसको संक्रमणबारे सचेत गराउँदै सहयोगको आग्रह गर्ने कमाण्डर ब्रेट कोजिअरलाई जिम्मेवारीबाट हटाएको छ ।

नौ सेनाका कार्यवाहक प्रमुख थोमस मोड्लीले क्रोजिअरले निकै कमजोर निर्णय क्षमता प्रदर्शन गरेर चेन अफ कमाण्डरबाहिर गएर काम गरेको बताएका छन् ।

यूएसएस थियोडोर रुजवेल्टका कमाण्डर कोजिअरले भाइरस संक्रमणको जोखिम बढेकोले जहाजमा रहेका ४ हजारभन्दा बढी नौ सैनिकको जीवनरक्षा गर्न आफ्नो नेतृत्वलाई पत्र लेखेका थिए ।

उनले लडाकु विमानहरू बोक्ने उक्त विशाल पानीजहाजमा रहेका थुप्रै सैनिकलाई क्वारेन्टाइनमा राख्नुपर्ने बताएका थिए ।

क्रोजिअरले उक्त पत्रमा प्रभावित सैनिकहरूलाई पानीजहाजबाट हटाउन र एक्ल्याएर राख्न निर्णायक कदमको माग गरेका थिए ।

अहिले प्रशान्त महासागरको पश्चिममा पर्ने अमेरिकी भूभाग ग्वाम टापुमा यूएसएस थियोडोर रुजवेल्ट रोकिएको छ ।

अहिलेसम्म उक्त युद्धपोतमा रहेका कम्तिमा एक सय जनामा भाइरसको संक्रमण पाइएको छ ।

त्यहाँ रहेका सैनिकहरूलाई अहिले स्थानीयहरूसँग हेलमेल नहुँदासम्म बन्दरगाहा क्षेत्र नछाडिकनै क्वारेन्टाइनमा बस्न भनिएको छ