२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


स्थानीय तह निर्वाचन: ‘डिजिटल’ प्रचारप्रसारको प्रतिस्पर्धा


91
Shares

काठमाडौं । स्थानीय तह निर्वाचन मिति नजिकिँदै गर्दा उम्मेदवारहरूले ‘डिजिटल’ प्रचारप्रसारको माध्यामलाई तीव्रता दिएका छन् ।

फेसबुक, ट्वीटर, टिकटक, युटुब, भाइबर, ह्वाट्पएपलगायतका सामाजिक सञ्जालबाट उम्मेदवारहरू आफ्ना प्रतिबद्धता व्यक्त गर्दै मत मागिरहेका छन् । निर्वाचनलाई आधार मानेर बनाइएका गीत पनि सामाजिक सञ्जालमा ‘अपलोड’ गरिरहेका छन् । यसका लागि उनीहरूले लाखौँ रुपैयाँ खर्च गरिरहेका छन् ।

राजनीतिक दलहरूले आफ्ना प्रतिबद्धता व्यक्त गर्दै आफ्ना उम्मेदवारहरूलाई मतदान गर्न अपिल समेत गरिरहेका छन् । अहिले सामाजिक सञ्जालभरी उम्मेदवारका प्रचारप्रसार तीव्र रुपमा भइरहेको छ । पहिला-पहिला निर्वाचनमा पोस्टर बनाएर गाँउघरको भितामा टास्ने गरिन्थ्यो । तर, अहिले यो शैली हराएको छ ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।