Logo १७ असार २०८३, बुधबार | Wed Jul 1 2026


अन्तर जिल्ला प्रवेशमा रोक


0
Shares

तनहुँँ । जिल्ला प्रशासन कार्यालयले एक जिल्लाबाट अर्को जिल्लामा प्रवेशमा रोक लगाएको  छ ।

सवारी पास लिनेको संख्या बढ्दै गएको र लकडाउनको समेत उल्लंघन भएकाले पास वितरणमा पनि कडाइ गरिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले जानकारी दिए ।

तनहुँमा बुधबारसम्म ६२२ जनाले  सवारी पास लिएको जनाइएको छ ।

बिरामी,  कर्मचारी, खाद्यान्न र तरकारी बोक्ने गाडी तथा एम्बुलेन्सलगायत अत्यावश्यक सवारी साधनलाई निर्बाध चल्न दिइएको प्रशासन कार्यालयले जनाएको छ ।रासस