३१ असार २०८२, मंगलबार | Tue Jul 15 2025


रूवाण्डामा ‘लकडाउन’ का कारण खाद्यान्नको चरम अभाव


0
Shares

एजेन्सी । कोरोनाभाइरस सङ्क्रमणका लागि सरकारले देशव्यापी बन्द ‘लकडाउन’ को घोषणा गरेसँगै गरिब रूवान्डावासीको दैनिकी निकै कष्टकर बनेको र लकडाउनको समय लम्बिएका कारण यो पीडा थप गहिरो बनेको त्यहाँका यहाँका अधिकारीले बताएका छन् ।

सरकारले घोषणा गरेको लकडाउनसँगै प्रहरीले अत्यावश्यक काममा बाहेक सडकमा आवागमनमा रोक लगाएको छ ।

व्यापारीहरूले सानो भूपरिवेष्ठित मुलुक रूवाण्डामा खाद्यान्न अभावको चेतावनी दिएका छन् ।

  उनीहरूका अनुसार यहाँका नागरिकले दैनिक न्यूनतम खाद्यान्नको जोहो गर्नसमेत कठिनाई भएको छ ।

बन्दले स्थानीय अर्थव्यवस्थामा नराम्रो असर पारेको छ जसमा कम आय भएको रुवाण्डा निर्भर छ ।

“परिवारलाई खुवाउनको लागि मलाई भोक लाग्नुप¥यो,“ अभावकाबीच परिवारको खाद्यान्न व्यवस्थापनबारे किगालीका चार बालबालिकाकी विधवा आमा रेगेन मुरेंगेरेन्टवारीले बताइन् ।

उनले भनिन्, “सरकारको लकडाउनको घोषणा मार्च २१ बाट लागु भएपछि स्थानीयको आम्दानी गर्ने अवसरहरू बन्द भएका छन् । कसरी दुई छाक टार्ने ? समस्या भैसकेको छ ।”

कोरोनाभाइरस सङ्क्रमणको समस्या देखिएसँगै रूवाण्डाले अफ्रिकामा सबैभन्दा पहिले अतिआवश्यकीय सेवाबाहेकका क्षेत्रमा पूर्णरूपमा सटडाउनको नीति अख्तियार गरेको थियो ।

कोरोना सङ्क्रमण फैलिन रोक्ने प्रयासमा अफ्रिकी यो मुलुकले अतिआवश्यक काममा बाहेक दुई हप्ताका लागि घर बाहिर निस्कन प्रतिबन्ध लगाएकोमा सङ्क्रमण रोक्ने प्रयासलाई निरन्तरता दिँदै अर्को दुई हप्ता लम्ब्याएको छ ।

यसका कारण गरिबीमा रहेका अधिकांश नागरिक भोकमरीको सङ्घारतर्फ धकेलिएका छन् ।

कोरोना सङ्क्रमित हुने क्रम रोकिएमा रूवाण्डामा यही अप्रिल १५ पछि लकडाउनको अवधि पुरा हुनेछ ।

बिहीबारसम्म रूवाण्डामा सङ्क्रमितको सङ्ख्या ८२ पुगेको छ भने छ जना उपचारपछि घर फर्किएका छन् । कोभिड–१९ को सङ्क्रमणबाट मृत्यु भने भएको छैन ।