Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


चुनाव अघि तीन दिन सीमा नाका बन्द हुने


156
Shares

काठमाडौं । आसन्न स्थानीय तहको निर्वाचनको ७२ घण्टा अगावै सीमा नाका बन्द गर्ने निर्णय गरिएको छ ।

कपिलवस्तु, रुपन्देही, पश्चिम नवलपरासी तथा भारतको सिद्धार्थनगर बलरामपूर जिल्लाका सुरक्षा अधिकारीहरूले रुपन्देहीको भैरपहवामा भएको नेपाल भारत सुरक्षा अधिकारीहरूको समन्वयात्मक बैठकमा सो निर्णय गरिएको हो । सो अवधिमा आवातजावत समेत पूर्ण रुपमा बन्द गरिनेछ ।

निर्वाचनलाई लक्षित गरी बैठकले दुई देशबीच एकीकृत सुरक्षा योजनासमेत निर्माण गरेको कपिलवस्तुका प्रजिअ धर्मेन्द्रकुमार मिश्राले बताए ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।